विधान विपरित बाेलेकाे भन्दै एन्फा अध्यक्ष शेर्पामाथि कारवाहीकाे माग (पत्र सहित)

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाका विषयमा केन्द्रित रहेर चार जिल्ला फुटबल संघले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई शुक्रबार पत्र बुझाएका छन् ।

अध्यक्ष शेर्पाले एउटा मिडियामा तराई मधेशका जनतामा राष्ट्रियताकाे भावना कम भएकाे अभिब्यक्ति दिएका थिए । साे विषयमा अध्यक्ष शेर्पाले सार्वजनिक माफि समेत मागिसकेकाे अवस्थामा काठमाडाैं, भक्तपुर, ललितपुर र धादिङ्ग फुटवल संघ अध्यक्षहरूले एन्फा अध्यक्ष शेर्पाले एन्फालाई स्वेच्छाचारी ढंगले चलाएकाे आराेप पनि लगाएका छन् ।

अध्यक्ष शेर्पाले टेलिभिजनमा एन्फाकाे भावना र विधान विपरित अभिब्यक्ति दिएकाे दावि गरिएकाे छ । भने, अध्यक्ष शेर्पाले एन्फामा ठूलाे अनियमितता र त्रुटिपूर्ण काम गरेकाे आराेप लगाइएकाे छ ।

काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडाद्वारा हस्ताक्षरित ‘आवश्यक कारवाही गरी पाउँ भनि विनम्र अनुरोध छ’ भन्ने विषयको पत्र उपाध्यक्ष तिम्सिनालाई बुझाइएको हो । पत्र हस्तान्तरणका बेला भक्तपुरका अध्यक्ष सुजखु भने उपस्थित थिएनन् ।

त्रिपुरेश्वरको राखेपस्थित आफ्नै कार्यकक्षमा पत्र बुझ्दै उपाध्यक्ष तिम्सिनाले पत्रमा उल्लेख भएका विषयमा बुझ्ने बताउदै एकिकृत ढंगले एन्फा चलोस् भन्ने आफूले चाहेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *