जुम्लाको क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु

  • ईश्‍वरी प्रसाद देबकोटा

जुम्ला । जुम्लामा क्वारेन्टिइनमा बसुका एक जना व्यक्तिको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-८ स्थित धुपी ढुस्का माध्यामिक विद्यालयको क्वारेन्टिइनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाका अनुसार मृतक २१ गते जिल्ला बाहिरबाट आएका थिए । ‘स्वाब लिन चिकित्सकसहित तलिममा जाँदै छु,’ उनले भने, ‘रिपोर्ट नआएसम्म मृत्युको एकिन कारण भन्न सकिने अवस्था छैन ।’ मृतक दमको बिरामी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *