मन्त्रिपरिषद् बैठक : लकडाउन खुकुलो बनाउने विषयमा कार्य योजना बनाउन उच्चस्तरीय समितिलाई निर्देशन
२०७७ जेठ २२ गते

काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने विषयमा कार्ययोजना बनाउन उच्चस्तरीय समितिलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अबेरसम्म चलेको बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल भए पनि ठोस निर्णय भने नभएको एक मन्त्रिले जानकारी दिएका छन्।
लकडाउन खुकुलो कसरी गर्ने भन्ने विषयमा कार्य योजना बनाउन उच्चस्तरीय समितिलाई जिम्मेवारी दिइएको र समितिले बनाएको कार्य योजनाका आधारमा मन्त्रिपरिषद्ले थप निर्णय गर्ने स्रोतको भनाइ छ ।
सरकारले गत चैत ११ गतेबाट लागू हुनेगरी घोषणा गरेको लकडाउन पटक पटक थप्दै आएको छ। पछिल्लो समय जेठ ३२ गतेसम्मका लागि लकडाउन तोकिएको छ।
२०७७ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








