भारतीय रक्षामन्त्री राजनाथ सिंहका रक्षा सचिबलाई कोरोना संक्रमण

काठमाडौं । नेपालले चीनको इशारामा नक्सा सार्वजनिक गरेको सांकेतिक अभिब्यक्ति दिएर चर्चामा आएका भारतीय रक्षामन्त्री राजनाथ सिंहका रक्षा सचिबलाई कोरोना संक्रमण भएको छ ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहका रक्षा सचिब अजयकुमारलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार अजयकुमारलाई संक्रमण पुष्टि भएपछि रक्षामन्त्री राजनाथ सिंहलगायत अन्य अधिकारीहरू बुधबार कार्यालय समेत गएनन् ।

‘उनको सम्पर्कमा आएकाको वृहत कन्ट्याक्ट ट्रेसिङ गरिँदैछ र साउथ ब्लकस्थित कार्यालय डिसइन्फेक्सन गर्ने काम भइरहेको छ । पछिल्ला केही दिनमा रक्षा सचिवसँग झन्डै ३० जना मानिस सम्पर्कमा आएको देखिएको छ,’ टाइम्स अफ इन्डियाले लेखेको छ ।

भारतीय रक्षा मन्त्रालय प्रवक्ता भारतभुषण बाबुले चैं यस विषयमा कुनै प्रतिक्रिया दिन मानिरहेका छैनन् । रक्षामन्त्री सिंहको कार्यालयले उनी बुधबार मन्त्रालय नआएको जानकारी दिएको छ साथमा उनी घरमै क्वारेन्टिनमा पनि नबसेको बताएको छ  । यता भारतीय सैनिकका दुई वरिष्ठ अधिकारीले रक्षा सचिबलाइ काेराेना संक्रमण भएकाे बताएका छन् ।

अजयकुमार कोरोना संक्रमण हुने उच्च ओहोदाका पहिलो भारतीय कर्मचारी हुन् । उनलाई ज्वरो आएको छ साथमा अरू सामान्य लक्षण पनि देखिएको भारतीय मिडियाहरुले बताइरहेका छन् । संक्रमण पुष्टि भएपछि उनी घरमै क्वारेन्टिनमा बसेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

भारतमा पछिल्लो समय कोरोनाको संक्रमण तीव्र रूपमा फैलिरहेको छ । कोरोना संक्रमण रोक्न मार्च अन्तिम सातादेखि लकडाउन गरेको भारतले पछिल्लो समय लकडाउन खुकुलो गरेकामा संक्रमितको संख्या बढ्दो छ ।

पछिल्लो २४ घन्टामा मात्रै त्यहाँ झन्डै १० हजार संक्रमित भेटिएका छन् । बुधबारसम्म भारतमा २ लाख १७ हजार मानिसमा कोरोना देखिएको छ भने ६ हजार ८८ जनाको मृत्यु भएको छ ।

र, याे पनी

‘नेपालले नयाँ नक्सा जारी गर्नुमा अरुको हात छ’ भारतीय रक्षामन्त्री राजनाथ सिंह

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *