युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो

काठमाडौं । लेबनानमा युद्धका कारण भएको वातावरणीय क्षति ५१ करोड २० लाख अमेरिकी डलरभन्दा बढी पुगेको वातावरणमन्त्री तामारा अल-जेनले बुधबार बताएका छन् ।

सन् २०२३ यता देशको दक्षिणी क्षेत्रमा डढेलोका कारण सात हजार हेक्टरभन्दा बढी वन तथा जङ्गल क्षेत्र नष्ट भएको उनले जानकारी दिए । लेबनानको राष्ट्रिय समाचार संस्थाका अनुसार मन्त्री अल–जेनले इजरायली आक्रमणलाई ‘वातावरणीय अपराध’को सङ्ज्ञा दिँदै वातावरणीय क्षति समग्र युद्धजन्य प्रत्यक्ष क्षतिको एक हिस्सा रहेको बताए ।

युद्धबाट भएको प्रत्यक्ष आर्थिक क्षति ११ अर्ब अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । सरकार आर्थिक रूपमा कमजोर अवस्थामा रहेको र दक्षिणी क्षेत्रमा सुरक्षा चुनौती कायमै रहेपनि वातावरणीय पुनःस्थापनाका लागि विस्तृत योजना आवश्यक रहेको मन्त्री अल-जेनले बताए ।

इजरायल र लेबनानबीच सीमापार द्वन्द्व अन्त्य गर्ने उद्देश्यले हालै एउटा ढाँचा सम्झौता भए पनि दक्षिणी लेबनानमा इजरायली सैन्य गतिविधि जारी रहेको अवस्थामा पुनःस्थापनाको पहल अघि बढाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =