‘नेपालले नयाँ नक्सा जारी गर्नुमा अरुको हात छ’ भारतीय रक्षामन्त्री राजनाथ सिंह

काठमाडौं । नेपालले नयाँ नक्सा जारी गर्नुको पछाडी अरु कसैको हात रहेको भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताएका छन् । भारतीय टेलिभिजन च्यानल जी न्युजलाई दिएको अन्तर्वार्तामा रक्षा मन्त्री सिंहले नेपालले नक्सा जारी गर्नुको कारणबारे आफूले कसैलाई आरोपित नगर्ने बताएपनि त्यसमा अरू कसैको भूमिका भने रहेको जिकिर गरेका छन् ।

यसअघि जेठ २ गते भारतीय प्रधान सेनापति मनोज मुकुन्द नरवाणेले नेपालले नयाँ नक्सा जारी गर्नुमा चीनको भूमिका रहेको संकेत गर्दै नेपालले अरूकै उक्साहटमा लिपुलेक सडकको विरोध गरेको बताएका थिए ।

रक्षामन्त्री सिंहले जी न्युजलाई दिएको अन्तर्वार्तामा नेपालले नक्सा जारी गर्नुको कारणबारे आफूले कसैलाई आरोपित नगर्ने बताएपनि त्यसमा अरू कसैको भूमिका रहेको बताएका छन् । ‘म कसैलाई आरोप त लगाउन सक्दिन तर केही न केही भूमिका रहेको हुन सक्छ ।’ उनले भनेका छन् ।

उनले भारत र नेपालविचको विवाद समाधान गर्न दुवै देश लाग्ने बताएका छन् । नेपालसँग भावनात्मक सम्बन्ध भएको बताउँदै नेपालसँग सम्बन्ब बलियो बनाउन भारत कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

गत वैशाख २६ गते भारतीय प्रधानमसेनापति सिंहले नेपालको कालापानी र लिपुलेकको भूमि हुँदै भारतले बनाएको सडकको उद्घाटन गरेका थिए ।

भारतले एकतर्फि रुपमा नेपाली भू–भगमा सडक बनाएर उद्घाटन नै गरिसकेपछि भने त्यसको भोलीपल्टै वैशाख २७ गते नेपालले विरोध गरेको थियो । योसँगै नेपाल भित्रमात्र नभएर विभिन्न देशमा रहेका प्रवासी नेपालीहरुले समेत भारतीय पक्षको खुलेर विरोध जनाएका थिए ।

त्यसपछि संसदीय समितिको निर्देशनपछि सरकारले जेठ ७ गते कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

भारतले २०७६ कात्तिक १६ मा काश्मिरलाई मिलाउन जारी गरेको नयाँ राजनीतिक नक्सामा पनि लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमि समावेश गरेको थियो । नेपालले तत्कालै भारतीय कदमको विरोध गरेको भएपनि भारतीय पक्षसँग कुटनीतिक वार्ता गर्न खासै पहल गरेन । नेपालले भारतलाई त्यसबेला एउटा कुटनीतिक नोट मात्र पठाएको थियो । जसको जवाफ भारतले अहिलेसम्म दिएको छैन ।

तर, भारतले नेपाली भूमीमै १२ वर्षदेखि सडक बनाएको तथ्य सार्वजनिक भएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा संवोधन गर्दै भारतले एकतर्फि नेपाली भूमी अतिक्रमण गरेको बताउँदै नेपाली भूमी फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता समेत जनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *