वैकल्पिक प्रणालीबाट पठनपाठन गर्न शिक्षा मन्त्रालयले जारी गर्‍यो निर्देशिका (हेर्नुहोस् निर्देशिका)

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ को सङ्क्रमणको कारण अवरुद्ध सिकाई प्रणालीलाई सुचारु गर्न वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका, २०७७ जारी गरेको छ ।

मन्त्रालयले विद्यालय जाने उमेरका बालबालिकालाई शैक्षिक संस्था नियमित रूपमा नखुलेसम्म आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सृजना गर्न दूर तथा खुला शिक्षा लगायत वैकल्पिक प्रणालीको माध्यायमबाट प्रभावकारी र व्यवस्थित रूपमा सिकाइमा सहजीकरण गर्न निर्देशिका जारी गरेको हो । निर्देशकामा वैकल्पिक रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन, परियोजना पाठहरू, स्वअध्ययन, दूर तथा खुला शिक्षा लगायतको माध्यमको प्रयोग गरेर सिकाइलाई निरन्तरता दिन भनेको छ ।

स्थानीय तह तथा विद्यालयले स्रोत साधनमा पहुँचको अवस्थाका आधारमा विद्यार्थीको पहिचान गरी वर्गीकरण गर्न भनेको छ ।

यस्तो छ निर्देशिका :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *