कोरोना परीक्षणमा खटिएका स्वास्थ्यकर्मी क्वारेन्टिनमै कुटिए

काठमाडौँ । रौतहटमा  कोरोना परीक्षणमा खटिएका स्वास्थ्यकर्मी क्वारेन्टिन स्थलमै कुटिएका छन् । राजपुर नगरपालिका–९ बैरियास्थित ठुलो मदरसा क्वारेन्टिनमा बसेका व्यक्तिहरुबाट स्वास्थ्यकर्मी कुटिएका हुन् ।

क्वारेन्टिनस्थलमा बसेका व्यक्तिहरूको कुटाइबाट सिनियर अहेव खुर्सीद आलम र रामनरेश साह घाइते भएका छन् । आक्रमणबाट आलमको टाउको फुटेको छ । उनको स्थानीय स्वास्थयचौकीमा उपचार भइरहेको बताइएको छ ।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरूले स्वास्थ्यकर्मीका तीन वटा मोटरसाइकलमा समेत तोडफोड गरेका छन् ।

नगरपालिकाका प्रशासकीय अधिकृत बैजु ठाकुरका अनुसार परीक्षणको रिपोर्ट पोजेटिभ आएपनि संक्रमतिसँगै केही दिन बसेकाले आरडीटी परीक्षण गराएरमात्रै घर पठाउने तयारी भइरहेको समयमा उनीहरूले त्यसको विरोध गर्दै स्वास्थ्यकर्मीमाथि नै आक्रमण गरेका हुन् ।

‘क्वारेन्टिनमा बसेका २०९ जनाको पीसीआर परीक्षण गर्दा ६४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो, नेगेटिभ रिपोर्ट आएका व्यक्तिहरू पनि केही दिन संक्रमितसँगै बसेकाले आरडीटी परीक्षण गराएरमात्रै पठाउने तयारी अनुसार आरडीटी परीक्षण भइरहेको थियो’, उनले भने, ‘२० जनाको आरडीटी परीक्षण भइसकेको थियो, जसमा १० जनाको आरडीटी रिपोर्ट पोजेटिभ पनि देखियो,आरडीटी परीक्षण चलिरहेकै समयमा एक्कासि उनीहरूले परीक्षण नै नगरी घर जान पाउनुपर्ने भन्दै स्वास्थ्यकर्मीमाथि आकर्मण गर्नथाले।’

उनले क्वारेन्टिनमा बसेकाहरुको आरडीटी परीक्षणका लागि जिल्लाबाट तीन जना स्वास्थ्यकर्मीसहित ९ जनाको टोली खटिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *