उकालो लाग्दै काठमाडौंमा कोरोना संक्रमितको ग्राफः आज ३ जना थपिए !

काठमाडौं । काठमाडौंमा थप ३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्यमा गरिएको परीक्षणमा ४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ, तीमध्ये ३ जना काठमाडौंका हुन् ।

काठमाडौं मेडिकल कलेज र टोखाका गरी ३ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए । यसअघि मंगलबार पनि काठमाडाैं मेडिकल कलेजका २ चिकित्सक र २ जना बिरामीमा संक्रमण पुष्टि भएकाे थियाे ।

देशभर पछिल्लो २४ घण्टामा २०१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित संख्या २३०० पुगेको छ, जसमध्ये ९ जनाको मृत्यु भइसकेको छ भने २७८ जना उपचारपछि निको भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *