हङकङ चीनको अविभाज्य क्षेत्र हो: प्रवक्ता पौडेल
२०७७ जेठ २१ गते

काठमाडौं। सरकारले हङकङ जनगणतन्त्र चीनको अविभाज्य क्षेत्र भएको दोहोर्याउँदै एक चीन नीतिप्रति नेपाल अटल रहेको स्पष्ट गरेको छ।
हङकङको राष्ट्रिय कानूनका सन्दर्भमा जिज्ञासा राख्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले नेपालको एक चीन नीतिप्रतिको नेपाल सरकारको प्रतिबद्धता दोहोर्याउँदै त्यहाँ शान्ति–सुरक्षा र विधिको शासन कायम गर्नु चीनको दायित्व भएको बताए।
कुनै पनि मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप हुन नहुने मान्यताप्रति नेपाल अडिग रहेको बताउँदै उनले हङकङमा शान्ति सुव्यवस्था कायम गर्न चीनले गरेका प्रयासप्रति नेपालको समर्थन रहेको स्पष्ट पारे। -रासस
२०७७ जेठ २१ गते
प्रतिक्रिया
सम्बन्धित








