बैतडीको क्वारेन्टाइनमा महिलाको मृत्यु, कोरोना परिक्षणको तयारी

काठमाडौं । बैतडीमा क्वारेन्टाइनमा राखिएकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्वारेन्टाइनमा बसेकी २२ बर्षिया सुनिता लुहारको बिहान मृत्यु भएको हो ।

नगरपालिकाका प्रवक्ता दले धामीका अनुसार मृतक लुहार मुटु रोगको बिरामी थिइन् । उनी जेठ १६ गते गौरिफन्टा नाकाबाट स्वदेश फर्किएकी थिईन् । मृतकको स्वाब संकलन गर्ने तयारी भईरहेको छ भने पोष्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *