नर्भिक अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि, पठाइयाे पाटन अस्पताल

काठमाडौं । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि पाटन अस्पताल रेफर गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका–४ कि ६१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल ल्याइएको पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले मकालु खबरलाई जानकारी दिए ।

निर्देशक शर्माका अनुसार अहिले ती महिलालाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।

नेपालमा हालसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको तथ्यांक अनुसार संक्रमित संख्या १ हजार ५ सय ७२ पुगेको छ । संक्रमितमध्ये ८ जनाको मृत्यु भएको छ भने २२० जना उपचारपछि निको भएका छन् । आज थप २५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *