कर्णालीमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत । कर्णाली प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा सल्यानका १० जना, दैलेखका १७ जना र सुर्खेतका पाँच जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले मकालु खबरलाई जानकारी दिए ।

३२ जना संक्रमित थपिएसँगै कर्णाली प्रदेशमा संक्रमित संख्या १ सय ९८ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *