थप २५ जना काेराेना संक्रमित डिस्चार्ज, संक्रमण मुक्त हुनेकाे संख्या २४५ पुग्याे

काठमाडौं । आज (सोमबार) थप २५ जना डिस्चार्ज भएका छन् । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत २५ जना आज डिस्चार्ज भएका हुन् ।

संक्रमणमुक्त भइ डिस्चार्ज हुनेहरुमा ४ वर्ष र १० वर्षकी बालिका सहित २२ जना पुरुष र तीनजना महिला रहेका छन् । १४ दिनसम्म आइसोलेसनमा बसेका उनीहरुको पछिल्लो २४ घण्टामा दुई पटकसम्म गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । ।

२५ जना मध्ये रुपन्देहीको गैडहवा गाउँपालिकाका एकै परिवारका तीन महिलासहित १० जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थ नगरपालिकाका एकजना छन् ।

यस्तै कपिलवस्तु नगरपालिका कपिलवस्तुका ४ जना, कपिलवस्तुकै विजयनगर गाउँपालिकाका एक जना, भारतीय नागरिक एक जना, नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिकाका एकजना र सुस्ता गाउपालिकाका दुई जना रहेको अस्पतालले जनाएको छ ।

थप २५ जना डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेकाे संख्या २४५ पुगेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *