क्रिएशन र कोका-कोलाद्वारा १६० जनालाई दोस्रो साताको राहत वितरण

काठमाडौँ । क्रिएशन र कोका—कोलाद्वारा दोस्रो साताको राहत वितरण कार्यक्रममा १६० जनालाई वितरण गरी सम्पन्न गरिएको छ । भक्तपुर र काठमाडौँका गरी करिब १६० जना सफाईकर्मीहरुलाई रक्षात्मक जमसुट र राशन प्याकेजहरू वितरण गरी दोस्रो साताको राहत वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

क्रिएशन नेपालले द कोका—कोला फाउन्डेशनको सहयोगमा आयोजना गरेको जारी सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको एक हिस्सा अन्तर्गत भक्तपुर, काठमाडौँ र कीर्तिपुरका विभिन्न स्थानहरूमा राहत वितरण गरिएको थियो । भक्तपुरमा डोको रिलाईकलर्स र स्थानीय सरकारको साथै कर्नल शिव पौडेल, वीर दल गणपति र भक्तपुर महानगर प्रहरी सर्कलका एसपी सबिन प्रधानको उपस्थितिमा वितरण गरिएको जनाइएको छ ।

सोही दिन काठमाडौँको राष्ट्रिय सभा गृहमा काठमाडौँका मेयर विद्या सुन्दर शाक्यको उपस्थितिमा दोस्रो राहत वितरण कार्यक्रमको आयोजना गरिएको थियो ।

यसका साथै, पछिल्लो साताको अन्तिम तीन दिनहरूमा कीर्तिपुर, दरबारमार्ग, रातोपुल, टोखा र बुढानीलकण्ठ लगायत विभिन्न क्षेत्रका सफाईकर्मीहरुलाई रक्षात्मक जमसुट, मास्क, बुट सहित २५२ भन्दा बढी राशन प्याकेजहरू र १७५ रक्षात्मक सामग्रीहरू प्रदान गरएको छ । यी वितरण कार्यक्रमहरू वेस्ट टू भ्यालु, वुमन फर ह्युमन राइट, हिमालयन क्लाइमेट इनिसियटिभ र नेप्सेम्याकहरुको सहयोगमा सफलतापूर्वक सञ्चालन भइसकेका छन् ।

सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट औपचारिक रूपमा जेठ २ गतेबाट सुरु भएको हो जसमार्फत हालसम्म १ हजार १ सयभन्दा बढी सफाईकर्मीहरु राशन प्याकेजहरू र रक्षात्मक सामग्री साथ—साथैं जागरूकता कार्यक्रम र चिकित्सा परामर्शद्वारा लाभान्वित भइसकेका छन् ।

यो परियोजना नेपालभरका ३ हजार २ सय सफाईकर्मीहरुलाई सकारात्मक लाभ पु¥याउने लक्ष्यका साथ चालू कोभिड—१९ महामारीको सामना गर्नका लागि प्रतिक्रियाको रूपमा सुरु गरिएको थियो । यो परियोजनाले काठमाडौँ, कीर्तिपुर, ललितपुर, भक्तपुर, चितवन, सप्तरी र सिराहाका विभिन्न नगरपालिकाहरूमा भएका सफाईकर्मीको उथानमा मदत पुराउने छ ।

क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले भने, “यो कोभिड—१९ महामारीको वर्तमान अवस्थामा समुदायको स्वास्थ्य र स्वच्छता सुनिश्चित गर्ने सफाईकर्मीहरुको योगदानलाई महसुस गर्न महत्त्वपूर्ण छ । उनीहरूले सामना गरिरहेको चुनौती र कठिनाइहरूका बाबजुद, उनीहरूले आफ्नो काम जारी राखिरहेका छन् । उनीहरू पनि अन्य व्यवसायी —डाक्टर र सुरक्षा गार्डहरू जस्तै समान रूपमा अग्रपंतिमा छन् र उनीहरूलाई आभार प्रकट गर्नु महत्त्वपूर्ण छ । द कोका—कोला फाउन्डेशनको सहयोगमा हाम्रो यो पहल हाम्रा सफाईकर्मीहरुको सेवाप्रति कृत्रिज्ञता व्यक्त गर्ने एउटा सानो प्रयास हो । हाम्री आशा गर्दछौँ कि हामीले हाम्रो प्रतिक्रियाको माध्यमबाट उनीहरूको जीवनमा परिवर्तन ल्याउन सक्दछौँ ।”

कोका—कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “हामी सबै अग्रपंतिका साहसी सफाईकर्मीहरुलाई हार्दिक आभार प्रकट गर्दछौँ । हामी सबै सफाईकर्मीहरुको साथमा छौँ र क्रिएशनसंगको यो संयुक्त पहलको माध्यमबाट हामी सफाईकर्मी समुदायको जीविकोपार्जन सुधार्दै स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राख्दछौँ ।”

यस्तै, बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक र बोटलर्स नेपाल तराई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रदीप पाण्डेले भने, “हामी राष्ट्रको रूपमा अझ मजबुत भएर निस्कनेछौँ भन्ने सुनिश्चित गर्न यो चालू परिस्थितिमा हामी सबैको सहयोग र योगदान आवश्यक छ । यो परियोजना वर्तमान स्वास्थ्य सङ्कटको बाबजुद अग्रपंतिमा रहेका सफाईकर्मीहरुलाई सहयोग गर्ने महत्त्वपूर्ण प्रतिक्रिया हो । हामी हाम्रो मानिसहरूको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध छौँ र नेपालभरका समुदायहरूलाई निरन्तर सहयोग गर्नेछौँ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *