संसदमा संविधान संशोधन विधेयक पेश हुँदै [कार्यसूचीसहित]

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा संविधान संशोधन विधेयक पेश हुँदैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि डाकिएको छ ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान ‘दोस्रो संशोधन’ विधेयक २०७७ पेश गर्ने कार्यसूची छ । यसअघि गत बुधबार सम्भावित कार्यसूचीमा परेर अन्तिम कार्यसूची तय गर्दा झिकिएको यो विधेयक आजको सम्भावित कार्यसूचीमा फेरि राखिएको हो ।

नेपालको अद्यावधिक नक्शा संविधानको अनुसूची (निशान छाप)मा राख्न संविधान संशोधन गर्न लागिएको हो । यसलाई सर्वसम्मत पारित गराउने पहल सरकारले गर्दै आएको छ । सरकारले संविधान संशोधनलाई सर्वसम्मत पारित गर्न सबै दलहरुलाई आह्वान गरेको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले ल्याएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

आजकै बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७-०७८ को राजस्‍व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत पेश गर्ने कार्यसूची छ ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालयले यही जेठ ७ गते नेपालको अद्यावधिक नक्शा जारी गरेको थियो । सरकारले जेठ ५ गते लिम्पियाधुरासहितको नेपालको नक्शा पारित गर्ने ऐतिहासिक निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्शा स्वीकृत गरेको थियो ।

यस्तो छ प्रतिनिधिसभा बैठकको कार्यसूची :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *