चौरजहारी घटना : दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । रुकुमको चौरजहारी हत्याकाण्डका दोषीलाई सरकारले उन्मुक्ति दिन खोजेको भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।

कांग्रेस पाठशालाको आयोजनामा माइतीघरमा प्रदर्शन भएको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य रत्नहरि ढुंगेलले बताए । प्रदर्शनमा सहभागीहरुले रुकुम चौरजहारी हत्याकाण्डका दोषीहरुलाई कानुनी कारबाहीको माग गरेका छन् ।

नेपाल विद्यार्थी संघका महामन्त्री वलदेव तिमल्सिना र युवराज पाण्डेले सम्बोधन गरेका थिए । प्रदर्शनकारीले सरकारले पिडितलाई न्याय दिन खोजिरहेको छैन भन्दै दोषीलाई कानुनी कठघरामा उभ्याउन खबरदारी गर्दै न्यायको लडाइँ निरन्तर रहने बताए ।

प्रदर्शनमा नेपाल विद्यार्थी संघ एवं दलित विद्यार्थी संघका नेताहरुको उपस्थिति थियो ।

गत शनिबार प्रेमिका लिन १८ जना साथीका साथ गएका जाजरकोटका नवराज विकसहितको टोली रुकुमको चौरजहारीस्थित सोतीका गाउँलेहरुको आक्रमणमा परी नवराजसहित पाँचजनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *