सिन्धुपाल्चोकका प्रेस युनियनका सवै सदस्यको कोरोना बीमा

काठमाडौं । नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले आफ्ना सवै सदस्यको कोरोना भाइरस (कोभिड–१९) बीमा गरेको छ । शाखा अध्यक्ष दुर्गा आचार्यका अनुसार कोभिडसँग सम्बन्धित समाचार संकलनमा खटिने सञ्चारकर्मीलाई सहयोग पुर्याउने उद्देश्यले प्रति व्यक्ति १ लाख बराबरको बीमा गरिएको हो ।

पिसीआर परीक्षणबाट पोजिटिभ देखिएमा त्यस्ता सदस्यले शाखामार्फत तत्कालै १ लाख पाउनेछन् । यस्तो रकम पाउन बीमा गरिएको १५ दिनपछि पोजिटिभ देखिनुपर्नेछ ।

संगठनले ठूलो सहयोग गर्न नसकेपनि शाखा सदस्यहरुलाई काममा हौसला प्रदान गर्न सानो प्रयासको थालनी गरेको उनले बताइन् । काठमाडौंलाई कर्मथलो बनाएर क्रियाशील केही सदस्यहरुले आ–आफ्नो सञ्चारमाध्यममार्फत बिमा गरेको जानकारी पनि आचार्यले दिइन् ।

शाखाले आर्थिकभार आफैंले व्यहोरेर आजैबाट लागू हुनेगरी ५५ जनाको बीमा गरेको छ । आचार्यले भनिन्, ‘अप्ठेरो अवस्थामा जोखिम बहन गरेर पहिलो पङ्तीमा रहेर काम गर्ने सदस्यका लागि भविष्यमा अन्य सहयोग जुटाउने प्रयास भइरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *