माडिको क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षण

चितवन । चितवनको माडी नगरपालिकाका सञ्चालित पब्लिक क्वारेन्टाइनमा बसेकाहरुलाई तनाव व्यवस्थापनका लागि योग सम्बन्धी प्रशिक्षण दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनले माडीका ४ वटा क्वारेन्टाइनमा बसेकाहरु, उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरुलाई योग प्रशिक्षण तथा रोग प्रतिरोधक क्षमता बढाउने औषधि समेत प्रदान गरेको थियो ।

माडीको सोमेश्वर माविको क्वारेन्टाइनमा बसेका ७० जना,माडी क्याम्पसका बसेका १५ जना, दिवाकर स्मृति माविमा बसेका ५० जना र गोविन्द माविमा बसेका २४ जना गरी १५९ जनालाई प्रशिक्षण तथा औषधि वितरण गरिएको केन्द्रकी प्रमुख डाक्टर कोपिला अधिकारीले जानकारी दिइन् ।

रोग प्रतिरोधक क्षमता बढाउने जडिबुटी औषधि अश्वगन्धा, गुडुची र त्रिकटु निशुल्क वितरण गरिएको उनले जानकारी दिइन् । साथै आयुर्वेद औषधि व्यवसायी संघ चितवनको सहयोग मा स्यानिटाइजर पनि वितरण गरिएको थियो । आयुर्वेद औषधालय माडीको स्थानीय व्यवस्थापनमा भएको कार्यक्रममा तनाब व्यवस्थापन तथा दिनचर्याको बारेमा डा. अधिकारी, अश्वगन्धा, गुडुची र त्रिकटुको बारेमा बैद्य रमा शर्मा पौडेलले जानकारी गराएका थिए भने प्रशिक्षकहरु कमल प्रसाद ओली र यदुनाथ पोखरेलले योग प्रशिक्षण दिएका थिइन् ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जिल्लाभित्र रहेका क्वारेन्टाइन र आइसोलेशन कक्षमा तनाव व्यवस्थापन तथा रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागिका लागि योग, प्राणायाम र औषधि वितरण गर्ने कार्यक्रम अन्तर्गत चितवनमा सो कार्यक्रम सञ्चालन गरिएको हो । मन्त्रालयको कार्यक्रम अन्तर्गत जिल्ला भित्रका अन्य क्वारेन्टाइनहरुमा पनि सो योग प्रशिक्षण र औषधि वितरण गर्ने योजना रहेको उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *