चौरजहारी घटनाः चितवनमा विरोध प्रदर्शन, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

चितवन । चितवनको राप्ती नगरपालिकास्तरिय दलित समन्वय समितिले रुकुम पश्चिमका भएको नरसंहार हत्याकाण्डको बिरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । हत्याकाण्डको घोर भर्त्सना गर्दै राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालमार्फत प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराइएको समितिका सचिव गोपाल विश्वकर्माले जानकारी दिए ।

पत्रमा सो घटना अहिलेको युगमा पनि जातीय विभेदको चरम पराकाष्ठाको रुपमा बाहिर आएको र घटनाबाट देशभरका सिंगो ६० लाख दलित समुदाय स्तब्ध बनेको उल्लेख छ । घटनाको निष्पक्ष छानविन गरि दोषी उपर हदैसम्मको कानुनी कारबाहिको मागसमेत गरिएको छ ।

ज्ञापनपत्र बुझाउनअघि समितिले राप्ती ५ भण्डाराचोकबाट दबाब र्याली निकालेको थियो । र्यालीमा दलित एकता जिन्दावाद, मनोवादी सँस्कृति चाहिदैन, मान्छे मार्न पाइदैन, दलित समुदाय एक होऔँ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर सयौ मानिस सहभागी थिए । र्याली राप्ती नगरपालिका परिसरमा पुगि कोणसभामा परिणत भएको थियो ।

सभामा राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले रुकुम घटना दुखद र अक्षम्य भएको बताइन । उनले संविधान कुल्चेर भएको सो घटनाको निन्दा गर्दै निष्पक्ष छानविन अपराधिलाई कडाभन्दा कडा कारबाहि हुनुपर्ने बताइन । दलित अगुवाहरुले यस्ता घटना दोहोरिन नदिन राज्य कठोर हुनुपर्ने बताए । जातीय विभेदमुक्त समाज निर्माण गर्न, सचेतना फैलाउन र समाज रुपान्तरणको आन्दोलनमा अझैपनि लाग्नुपर्ने उनीहरुको भनाई छ । सभामा दलित समन्वय समितिका अध्यक्ष श्यामलाल बिक ले रुकुममा घटेको घटनालाई बिषयान्तर गरि साम्य पार्न खोजिए माफ गर्न नसकिने बताए ।

उनले दलितको नाममा गरिएको भेदभाव र दमनको एकएक हिसाब खोजिने बताए । कार्यक्रममा विभिन्न राजनितिक दलका नेताहरु, जनप्रतिनिधिहरु तथा सरोकारवालाले रुकुम घटना अक्षम्य भएकाले दोषीउपर कडा कारबाहिको माग गरे । घटनाको बिरोधमा सयौंको संख्यामा मानिसहरु भेला भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *