प्रदेश र स्थानीय तहमा जाने रकम यथावत राखिनेः अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. युवाराज खतिवडाले स्रोतमा संकुचन आउने भए पनि प्रदेश र सस्थानीय तहमा जाने रकम यथावत राखिएको बताए। आगामी वर्षको बजेट प्रस्तुत गर्दै उनले स‌ंघीय सरकारको स्रोतमा स‌ंकुचन भए पनि समानीकरण र विशेष अनुदान यथावत राखेको बताए।

अर्थमन्त्री डा युवराज खतिवडाले चालु आर्थिक वर्षमा ५८ प्रतिशत पुँजीगत खर्च हुने अनुमान सार्वजनिक गरेका छन्।

चालु आर्थिक वर्षमा १० खर्ब ७३ अर्ब सरकारी खर्च हुने अनुमान छ ।

चालु आवमा लगानी बोर्डमार्फत १४ खर्ब ३५ अर्बको लगानी प्रतिबद्धता प्राप्त भएको छ भने एक अर्ब ५५ अर्बको प्रत्यक्ष विदेशी लगानी स्वीकृत भएको छ ।

चालु आर्थिक वर्षमा राजस्व संकलन वार्षिक अनुमानको तुलनामा तुलनामा ७४.४ प्रतिशत अर्थात ८ खर्ब २७ अर्ब हुने अनुमान।

आर्थिक वर्षको नौ महिनासम्म निर्यात १२ दशमलव ९ प्रतिशतले बढेको छ भने आयात ७ दशमलव ९ प्रतिशतले घटेको छ ।

संक्रामक सबै रोगबाट मुक्त गर्दै जनजीविका सहज बनाउने, स्वास्थ्य जनशक्ति बढाउने।

सबै प्रकारको स्वास्थ्य जोखिमबाट नागरिकलाई जोगाउन स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास गर्ने ।

कोरोना महामारीका कारण टुटेको उत्पादन  र आपूर्ति श्रृङ्खला पुन जोड्ने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *