स्वास्थ्य मन्त्रालयले पुष्टि गर्यो ‘पाँचौँ कोरोना संक्रमितको मृत्यु’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँचौँ कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबारको प्रेस ब्रिफिङमा पाँचौँ संक्रमितको मृत्यु भएको पुष्टि गरेका हुन् ।

हिजो (बुधबार) ललितपुरको बुङमतीका ५६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो । कलेजाे सम्बन्धी राेगका कारण जेठ ११ गते ललितपुरको किस्ट अस्पतालकाे आइसीयूमा भर्ना भएका उनको १२ गते उनको स्वाब परीक्षणका लागि पठाइएको थियो । जिल्ला प्रहरी कार्यालय ललितपुर स्रोतका अनुसार आज मृत्यु भएलगत्तै आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा काेराेना संक्रमणबाट यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा गरी चार जनाले ज्यान गुमाइसकेका छन् ।  नेपालमा अहिलेसम्म एक हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने संक्रमितमध्ये १८७ जना उपचारपछि निकाे भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *