प्रकाश सपुतको ‘साइँला’ को पहिलो भाग युट्युबमाः के साईंली फर्केलिन् त ? (भिडियाेसहित)

काठमाडौं । गायक तथा मोडल प्रकाश सपुतको ‘साइँला’ को पहिलो भाग युट्युबमा रिलिज गरिएको छ । हिजो बुधबार प्रकाश सपूतको अफिसियल युट्युब च्यानलमा साइँलाको पहिलो भाग रिलिज गरिएको हो ।

साइँला एकदमै कम बोल्ने, खुरुखुरु आफ्नो काम गर्ने गाउँभरिमै सबैभन्दा मेहनती, सिपालु, सहयोगी र इमान्दार तर एकदमै दुः खि पात्र हो । कारण बस् साईंली माईत गएकि छ, फर्किएकि छैन ।

साईंलीको वियोगमा अल्ली धेरै पिउन थालेको छ साईंलाले । पिएपछि मात्रै उसको बोली सुन्न पाईन्छ । साईंला मार्फत् समाजका विभिन्न विषयहरुलाई चुस्स चुस्स देखाउने आफ्नो टिमको प्रयास रहेको गायक सपूतले बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्– ‘यसमा प्रेम मुख्य विषय हो । फेरी भनिहालौँ लकडाउनको समयमा मन भुलाउन गरिएको बसिबियालो मात्रै हो । यो हाम्रो अफिसियल काम होईन तर कथा, पात्र र विषय वस्तुलाई लिएर हामी गम्भिर छौँ । अनुकुल मिले अफिसिय ‘सिरिज ‘ गरौँला । अहिलेलाई जे जस्तो छ अन्तिम सम्म हेरेर प्रतिक्रिया दिनु होला ।
पहिलो भागः कथा प्रवेश…के साईली फर्केलिन् त ?’

हेर्नुहाेस् भिडियाेः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *