सेनाले उठायो धनुषाको जटही नाकामा मृत्यु भएका युवकको शव

काठमाडौं । धुनषाको जटही नाकामा ज्यान गुमाएका धनुषा शहीदनगर नगरपालिका वडा नम्बर ९ गोठकोयलपुरका ३० वर्षीय युवकको शव नेपाली सेनाले उठाएको छ ।

मृत्यु भएको करिब ८ घण्टापछि नेपाली सेनाले उनको शव उठाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि ल्याएको हो । पोस्टमार्टपछि उनको कोरोना परीक्षण गरिनेछ।

भारतको सुरतमा मजदुरी गरी फर्किएका ती यवुकको बुधबार बिहान नाकामै मृत्यु भएको थियो । उनीसहित करिब पाँच सय नेपालीलाई बुधवार बिहान भारतीय सुरक्षाकर्मीले जटही नाकामा ल्याएर छाडेको थियो ।

उनी निकै अस्वस्थ देखिन्थे । उनको अवस्था गम्भीर देखेपछि नेपाली सुरक्षाकर्मीले चाउचाउ चिउरा र पानी खुवाएका थिए । चाउचाउ र चिउरा खाएपछि उनले बान्ता गरेका थिए । त्यसपछि उपचारको लागि जनकपुर ल्याउने तयारी गर्दैगर्दा उनको त्यहीँ मृत्यु भएको थियो । मृत्युको कारण भने खुलिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *