संसदमा संविधान संशोधन विधेयक पेश हुँदै [कार्यसूचिसहित]

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा संविधान संशोधन प्रस्ताव पेश हुँदैछ । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि डाकिएको छ ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान ‘दोस्रो संशोधन’ विधेयक २०७७ पेश गर्ने कार्यसूची छ । नेपालको अद्यावधिक नक्शा संविधानको अनुसूची (निशान छाप)मा राख्न संविधान संशोधन गर्न लागिएको हो । यसलाई सर्वसम्मत पारित गराउने पहल सरकारले गर्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि संगलबार सर्वदलीय बैठक बोलाएर संविधान संशोधनमा विषयमा छलफल गरेका थिए । उनले राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताका विषयमा सबै राजनीतिक दललाई एकताबद्ध रुपमा प्रस्तुत हुन र संविधान संशोधनका पक्षमा उभिन अनुरोध गरे ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी मन्त्रालयले यही जेठ ७ गते नेपालको अद्यावधिक नक्शा जारी गरेको थियो । सरकारले जेठ ५ गते लिम्पियाधुरासहितको नेपालको नक्शा पारित गर्ने ऐतिहासिक निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्शा स्वीकृत गरेको थियो ।

यस्तो छ प्रतिनिधिसभा बैठकको कार्यसूची :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *