रुकुम घटना छानबिनको गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । रुकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कडा कारबाही गर्न मंगलबार दलित अधिकारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

नेपाली कांग्रेसका पूर्व सांसद राजिवविक्रम शाही र दलित आयोगका पूर्व सदस्य मञ्जित ताम्राकार लगायतको प्रदर्शनमा सहभागीता रहेको थियो ।

उनीहरुले अहिलेको २१ औं शताब्दीमा पनि जातीय विभेदका नाममा हुने यस्ता अमानविय घटनाहरुको निष्पक्ष छानबिन गरी दोषिलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

दलित आयोगका पूर्व अध्यक्ष ताम्राकारले मृतकलाई शहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिलाउनुपर्ने र पीडकलाई कडा कारबाही गर्नुपर्ने बताएका छन् ।

शनिबार पश्चिम रुकुममा प्रेमिकासँग विवाह गर्न साथीसहित गएका जाजरकोट भेरी नगरपालिकाका नवराज विकसहित ३ जनाको मृत्यु भएको छ भने अन्य तीन जना बेपत्ता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *