देश एकढिक्का भएका बेला राष्ट्रियता बलियो बनाऔंः प्रकाशमान सिंह

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो भूमि रक्षाको पक्षमा देश एकढिक्का भएका बेला राष्ट्रियतालाई बलियो बनाउन आग्रह गरेका छन्। नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा मंगलबार विज्ञप्ति जारी गरेर सिंहले अतिक्रमित नेपालका भूमि रक्षा गर्न एकढिक्का भएर लाग्नुपर्ने बताए।

लोकतन्त्र र जनताका हक अधिकारसहित बलिदानबाट प्राप्त परिवर्तनका उपलब्धीमाथि विभिन्न कोणबाट प्रहार भएको पनि सिंहको भनाइ छ। उनले सबैखाले जटिलतालाई नेपालीहरुको एकता र सहकार्यमा मात्रै परास्त गर्न सकिन्छ भन्ने कुराको हेक्का राखेर अघि बढ्न अपिल गरे।

नेता सिंहले कोरोना भाइरस संक्रमणको जोखिममा सुरक्षित भएर पेशागत धर्म निर्वाह गर्न र सरकारलाई निरन्तर खबरदारी गरिरहन पनि सञ्चार माध्यमलाई आग्रह गरे। उनले स्वदेश तथा विदेशमा रहेका प्रत्येक नागरिकलाई सरकार अभिभावक हो भन्ने वोध हुने गरी काम गर्नुपर्नेमा जोड दिए। कोरोनाको विपत्तिमा जनअपेक्षा अनुरुपका कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *