कोरोना विरुद्धको लडाई लामो र निकै कठिन छः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाई लामो र निकै कठिन रहेको बताएका छन्। सोमबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो बुरा बताएका हुन्। संक्रमितको संख्या बढिरहेको प्रति उनले चिन्ता व्यक्त पनि गरे।

उनले देशको कुल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिने बताए। विज्ञहरुको सुझावअनुसार त्यसो गर्न लागिएको उनले बताए। संक्रमणको महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदम प्रभावकारी भएको पनि प्रधानमन्त्री ओलीले दाबी गरे।

सरकारले समयमा चालेका कदमले डरलाग्दो क्षतिबाट जोगाएको उनले बताए। उनले भनेका छन्, ुलकडाउनले जीवनलाई असहज त बनाएको छ, तर यसले सामाजिक दूरी कायम गर्न, केसहरु पहिचान गर्न, आइसोलेसनमा राख्न र संक्रमितको सम्पर्कमा रहेका व्यक्ति पत्ता लगाउन मद्दत पुर्‍याएको छ। समयमै गरिएको लकडाउन, अन्तर्राष्ट्रिय सीमा नाका र उडानहरु बन्द गर्ने निर्णयलगायतका कदमले महामारीबाट हुनसक्ने डरलाग्दो क्षतिलाई जोगाएको छ। यसबीचमा २ महिनाका शिशुदेखि ८१ बर्षीया बृद्धासम्मलाई निको पार्न सकिनुलाई उपलब्धिका रुपमा लिइनु पर्छ।ु

रोग र भोक दुवैले आफ्ना नागरिक अप्ठेरोमा पर्न नदिन सरकार प्रयत्नसिल रहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *