कठारमा एक सय एक जनाद्धारा रक्तदान

ध्रुवराज खनाल-चितवन । रगतको अभावलाई परिपूर्ती गर्न आईतवार खैरहनी नगरपालिकाको कठारमा रक्तदान कार्यक्रम गरिएको छ ।

नगरपालिकाको वडा नम्वर १० स्थित कठार युथ क्लवले कार्यक्रम गरेको थियो । कार्यक्रममा एक सय एक जनाले रक्तदान गरेको आर्थिक समिति संयोजक मनोज चौधरीले जानकारी दिए ।

लकडाउनपछि अहिले जिल्लामा रगत संकलनको कार्यक्रम सिमित मात्रामा भईरहेको छ । जसका कारण रगतको अभाव भईरहेकाले नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र भरतपुरसँगको सहकार्यमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक सुदन सेढाईले बताए ।

कार्यक्रममा रक्तदान गर्नेहरुलाई कठार युथ क्लवका अध्यक्ष अशोक चौधरी र खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरीले खादा लगाउँदै प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *