‘हामी सबै खर्च व्यहोर्न तयार छौं, हाम्रा छोराछोरी तत्काल स्वदेश ल्याईओस्’

काठमाडौं । बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई तत्काल स्वदेश फर्काउनको लागि सरकारले ढिलासुस्ती गरेको र उदासिनता देखाएको भन्दै अभिभावक तथा नागरिक समाजका अगुवाले गुनासो पोखेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभिभावकहरुले यस्तो गुनासो पोखेका हुन् ।

दुई महिनादेखि नेपाली विद्यार्थीहरु लकडाउनका कारण उतै अड्किएको र उनीहरु जतिसक्दो चाँडो नेपाल आउन चाहिरहेका छन् । आफ्ना छोराछोरीहरुले जतिसक्दो चाँडो स्वदेश फर्काउन आफूहरुसँग विलौना गरेको अभिभावकहरुको गुनासो छ ।

बंगलादेशको ढाकामा चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्काउनको लागि अभिभावकहरुले नै सम्पूर्ण खर्च व्यहोर्ने प्रतिबद्धता सरकारी अधिकारीहरुसँग गरिसकेका छन् । तर, सरकारले भने सकारात्मक रहेको र छिट्टै ल्याउने भनेरमात्रै आश्वासन दिएको र कुनै कार्यान्वनय नगरेको पनि अभिभावको गुनासो छ ।

कार्यक्रममा अभिभावक विनोद रञ्जितले भने,‘मेरी छोरी बंगलादेशमा अध्ययनरत छिन् । मेरो जानकारीमा त्यहाँ साँढे ६ सय विद्यार्थी छन् । बंगलादेशका विभिन्न क्षेत्रमा गरेर त्यतिको संख्यामा विद्यार्थी छन्, ढाकामा मात्रै छैनन् । अर्को कुरा, अहिलेसम्म नेपाली विद्यार्थीहरु एक जनामापनि कोभिड १९ बाट संक्रमित छैनन् । भोलिको दिनमा भन्न सकिँदैन् । भोलि एक जनामा मात्रै पोजिटिभ भयो भने हाम्रो हालत कस्तो होला ? सरकारले चाँडै ल्याईदिओस् ।’

उनले आफूहरुले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटेको र विद्यार्थी ल्याउनको लागि आग्रह गरेको सुनाए । उनले भने,‘उहाँले पनि ल्याउने कुरा गर्नुभएको छ, हुँदैन् कहिल्यैपनि भन्नुभएको छैन्, ढिलाई नगरे हुन्थ्यो ।’

त्यस्तै, अर्का अभिभावक मुकुन्द जोशीले पनि सरकारले बंगलादेशमा रहेका नेपाली विद्यार्थी स्वदेश फर्काउन ढिलाई गर्न नहुने आग्रह गरे । उनले भने,‘मेरो छोरा ढाकामा चिकित्सा शास्त्रमा पोष्ट ग्राजुएशन गरिरहेको छ । लकडाउनका कारण उतै अड्किएको छ । अहिले विद्यार्थीहरुले नेपाल ल्याईदिनुहोस भनेर जुन खालको आग्रह गरिरहेका छन्, सरकारले त्यसलाई सुन्नुपर्छ । उनीहरुले दुई महिनादेखि हामीसँग अनुनय विनय गरिरहेका छन् । बंगलोशमा रहेका नेपाली राजदूतसँगपनि उनीहरुले आग्रह गरेका छन् ।’

उनले बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु आजसम्म कोही पनि संक्रमित नभएकोले तुरुन्तै उनीहरुलाई उद्धार गर्नुपर्ने आग्रह गरे । उनले थपे,‘विद्यार्थीहरुले निरन्तर रुपमा फेशबुकमार्फत पनि सरकारलाई आफ्ना पीडा र मर्म सुनाईरहेका छन् । सरकारसँग तुरुन्तै उद्धार गरिदिन आग्रह गरेका छन् । मुख्य कुरा, सेप्टेम्बरसम्म बंगलादेशका सबै विश्विद्यालय बन्द गरिएका छन् । अन्य देशका विद्यार्थीहरुलाई ती देशका सरकारले लगिसकेका छन्। अहिले छात्रावासमा हाम्रा विद्यार्थीमात्रै छन् ।’

त्यस्तै, अर्का अभिभावक डा. मनोजकृष्ण श्रेष्ठले पनि सरकारले बंगलादेशबाट विद्यार्थीहरुलाई स्वदेश फर्काउनको लागि ढिलाई गर्न नहुने बताए । उनले भने, ‘आज यो पत्रकार सम्मेलनमा म पनि आउनुको कारण मेरो छोरा बंगलादेशमा पढ्दैछ । उसले बुवा कहिले हामी घर आउन पाउँछौं भनेर आग्रह गर्छ । यसले हामीलाई भावविह्ल बनाउँछ । बंगलादेशमा रहेका नेपालीको संख्या धेरै कम छ । अहिलेसम्म संक्रमण भएको अवस्था छैन् । डरलाग्दो अवस्थामा त्यहाँ संक्रमितहरु बढिरहेका छन् । त्यसैले अहिले नेपालीहरु संक्रमित नभएकै अवस्थामा उनीहरुलाई स्वदेश फर्काउनुपर्छ ।’

उनले नेपाली विद्यार्थीहरुलाई यस्तो अवस्थामा स्वदेश ल्याउनुपर्ने दायित्व सरकारको भएको उल्लेख गरे । उनले भने,‘बंगलादेश धेरै टाढा पनि छैन, धेरै नजिक छ । उनीहरुलाई यहाँ ल्याईसकेपछि क्वारेन्टिनमा राख्ने र उनीहरुलाई व्यवस्थापन गर्ने कुरापनि हामीले गरेका छौं । विद्यार्थीहरु देशको भविष्यको कर्णधार हुन् । यस्तो विषम परिस्थितिमा घर फर्किन पाउनु उनीहरुको मौलिक अधिकार पनि हो । ती विद्यार्थीहरुलाई सुरक्षित रुपमा घर फर्काउनको लागि नेपाल सरकारसमक्ष अनुरोध गर्दछु ।’

 

त्यस्तै, कार्यक्रममा बरिष्ठ अधिवक्ता एवम् नागरिक समाजका अगुवा डा. दिनेश त्रिपाठीले सरकारले विलम्ब नगरी बंगलादेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनुपर्ने माग गरे ।

उनले भने,‘यस्तो बेलामा हामी चुप लागेर बस्न मिल्दैन् । बंगलादेशमा रहेका विद्यार्थीका अभिभावको पीडा सुन्यौं, त्यो एकदमै गम्भिर छ । अभिभावकले ती विद्यार्थीमाथि लाखौं लाख लगानी गर्नुभएको छ । मेडिकल शिक्षाको लागि त्यहाँ पठाउनुभएको छ । यो शिक्षा मुलुकको लागि अति आवश्यक छ । अहिलेको यो प्याण्डेमिकमा उनीहरु त फ्रन्टलाईन वारियर हो, पहिलो पंक्तिको मेडिकल प्राफेशन हो ।’

उनले बंगलादेशमा रहेका विद्यार्थीहरुमध्ये अधिकांश त एमडी अध्ययनरत रहेका पनि जानकारी दिए । उनले थपे,‘यो महामारीको बेलामा मेडिकल प्रोफेशनमा भएकाहरु त मुलुकको ईपिसेन्ट म्यानपावर हो, उहाँहरुले पनि योगदान गर्नसक्नुहुन्छ । सरकारले आफ्ना नागकिरहरुलाई ल्याउनुपर्छ ।’

सरकार विदेशमा भएका आफ्ना नागरिकप्रति जिम्मेवार हुनुपर्ने बताउँदै त्रिपाठीले भने,‘सरकार भाग्न मिल्दैन् । हरेक नागरिकको जीवन मूल्यवान छ । विदेशमा अलपत्र परेकाहरुलाई उद्धार गर्न प्रक्रिया सुरु गर्नुपर्छ । व्यवस्थित् योजना हुनुपर्छ । क्लियर रोडम्याप हुनुपर्छ । आज विदेशमा हाम्रा नेपालीहरु दशौं लाख र पन्ध्र लाखको संख्यामा छन् । बंगलादेशमा भएकाहरु मेडिकल प्रोफेशनमा छन् । कुनैपनि नेपाली विद्यार्थी संक्रमित भएको छैन् । यो बेलामा उनीहरु देश फर्कन पाउनु नागरिकको अधिकार हो ।’

सम्पत्ति शुद्धिकरण कानूनलाई राम्रोसँग कार्यान्वयन गर्न सकिए नेपाल सरकारलाई स्रोत र साधानको कमी नहुनेपनि उनको तर्क छ ।

उनले भने,‘हामी आफैं त्यसको खर्च व्यहोर्न तयार छौं भनेर अभिभावले भन्नुभएको छ । आयोगमा, परराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदा उहाँहरुले भन्नुभएको छ । विमान भाडा, क्वारेन्टिनको व्यवस्था आँफैं खर्च गर्छौं भन्नुभएको छ । राज्यको शून्य लगानी हुँदैछ, तर उसले ती विद्यार्थीहरुलाई नेपाल ल्याउनको लगि प्रक्रिया सुरु गर्नुर्प । यसमा ढिलाई गर्नुहुँदैन् ।’

उनले बंगलादेशको सरकारले आगामी सेप्टेम्बरसम्म सबै कलेज बन्द गरिसकेको अवस्था भएकोले नेपाली विद्यार्थी यतिवेला ठूलो मारमा परेको सुनाए ।

उनले भने, कलेजहरुनै बन्द भएपछि त्यहाँका छात्रावास पनि बन्द प्रायः छन् । हरेक देशले आफ्ना विद्यार्थीहरु लगिसक्यो, तर हाम्रा विद्यार्थीहरु त्यतिकै छोडिएका छन् । कलेज बन्द भएकोले आफ्नो व्यवस्था आफैं गर भनिएको छ । खाना कसले पकाएर खुवाउने ? अहिले बंगलादेशमा जुन लेभलमा संक्रमण फैलिँदैछ, दिनप्रतिदिन हाम्रा विद्यार्थी ठूलो जोखिममा पर्दैछन् । विद्यार्थी, विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउनु सरकारको आधारभूत जिम्मेवारीभित्रको कुरा हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *