राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा स्वास्थ्य सामग्री बितरण

घोराही । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले प्युठानको स्वर्गद्वारी नगरपालिकालाई सुरक्षित स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रतिष्ठानकि उपकुलपति प्रा.डा. संगीता भण्डारीले स्वर्गद्वारी नगरपालिकालाई पिपिइसहित मास्क, सेनिटाइजर र पञ्जा प्रदान गरेकी हुन् ।

उक्त सामग्री नगरपालिकाका प्रमुख नेत्रबहादुर रोका क्षेत्रीलाई हस्तान्तरण गरिएको छ । सो अवसरमा उपकुलपति डा. भण्डारीले प्रदेशका छिमेकि जिल्लाका स्वास्थ्य केन्द्रको सुधारसँगै समन्वय गर्ने प्रतिष्ठानको जिम्मेवारी रहेकाले कोरोना स्वास्थ्य सामग्री वितरण गरीएको बताइन् ।

स्वर्गद्वारी नगरपालिकासँग कोरोना संक्रमित र आइसोलेसन ब्यबस्थापनका सन्दर्भमा छ्लफल गर्दा नगरपालिकामा धेरै द्विविधा रहेको पाइएकोले प्रतिष्ठानका चिकित्सक र नगरपालिकाको स्वास्थ्य कर्मीको टिमबिच कोरोनाको ब्यबस्थापनको बारेमा छलफल पनि भएको थियो । उपकुलपति डा. भण्डारीले नगरपालिकालाई थप सहयोग चाहीएमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

यता स्वर्गद्वारी नगरपालिका नगर प्रमुख रोकाले प्रतिष्ठानकि उपकुलपति आफैं आएर कोरोना रोकथाम विरुद्ध नगरपालिकाले गरिरहेको काम कारबाही बारे बुझि दिएको र स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेकोमा धन्यवाद दिए । रोकाले प्रतिष्ठान दाङको मात्र नभइ प्युठानको पनि भएको भन्दै प्रतिष्ठान साझा सम्पत्ति पनि भएकाले आफुहरु कोरोनाको बेला सेवा क्षेत्रमा अनुगमन गरेर सहजिकरण गर्न र आबश्यक सहयोग गर्नु परेमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

कोरोनाको पिसिआर परीक्षणमा जोड दिन उपकुलपतिले भनेकाले अब सोहि अनुसार पिसिआर परीक्षणका लागि नगरपालिकाबाट स्वाब पठाउने पनि बताए । सो अवसरमा उपकुलपति डा. भण्डारीले त्यहाँको स्वास्थ्य चौकि, क्वारेन्टाइन रहेको स्थान, हेल्प डेस्कको निरीक्षण गरेकी थिइन् ।

प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजेन्द्र पौडेलले प्रतिष्ठानका चिकित्सक र स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी बिचमा कोरोनाको ब्यवस्थापनको बिषयमा छलफल भएको बताए । छलफलमा प्रतिष्ठानले भारतबाट आउनेहरुको पिसिआर परीक्षण गर्न आग्रह गरेको र फ्रन्टलाइनमा कामगर्ने स्वास्थ्यकर्मीको परीक्षण गर्न सुझाब दिइएको थियो ।

यसअघि प्रतिष्ठानले सल्यानको कपुरकोट, रोल्पाको होलेरी स्वास्थ्य चौकिसँग कोरोनासँग सम्बन्धित सहयोग र समन्वय गरिसकेको प्रतिष्ठानले जानकारी दिएको छ ।

प्रतिष्ठानका अनुसार आगामी हप्ता लमहि नगरपालिका र त्यहाँको स्याटेलाइट हस्पिटलसँग छलफल र अनुगमन हुनेछ । अहिले प्रतिष्ठानमा सल्यान, प्युठान, लमहि, रोल्पा, कपिलबस्तु, बाँके, बर्दियाका कोरोनाको स्याम्पल पिसिआर परीक्षणका लागि आइरहेको प्रतिष्ठानको भनाइ छ ।

सो अवसरमा प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजेन्द्र पौडेल र प्रतिष्ठानका चिकित्सकहरुका बिचमा कोरोनाका बिरामीको ब्यबस्थापन र बिरामीको रिफरल सेन्टरका बिषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *