आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक भोलिका लागि सारियो
२०७७ जेठ ११ गते

|मन्त्रिपरिषद् बैठक। तस्वीरः फाइल|
काठमाडौं। आइतबार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक अब भोलि बस्ने तय भएको छ। तर समय भने तोकिएको छैन।
आइतबार बस्ने भनिएको बैठकमा आगामी आर्थिक बजेटलगायत समसामयिक विषयमा छलफल हुने कार्यसूची थियो। आज मन्त्रिपरिषद्को बैठक ४ बजे बालुवाटारमा बोलाइएको थियो। सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याउने तयारी गरिरहेको छ।
२०७७ जेठ ११ गते
प्रतिक्रिया
सम्बन्धित








