नेपाल विरोधी भारतीय पत्रकार गोस्वामीविरुद्ध मुद्दा चलाउन आदेश

काठमाडौं । नेपाल विरोधी भारतीय पत्रकार अर्नब गोस्वामीविरुद्ध मुद्धा चल्ने भएको छ । गोस्वामीविरुद्ध साम्प्रदायिक सद्भाव भड्काउने टिभी कार्यक्रम चलाई मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेको आरोपमा मुद्धा चल्ने भएको हो ।

उनले मुम्बई प्रहरीले दर्ता गर्न लागेको सो मुद्दा रोकिपाउन दायर गरिएको अपिल सर्वोच्च अदालतले खारेज गरिदिएको छ । अब उनले यससम्बन्धी दुईवटा मुद्दामा महारास्ट्र प्रहरीद्वारा थालिने अनुसन्धानको सामना गर्नुपर्नेछ । रिपब्लिक टेलिभिजनका मालिक र प्रधान सम्पादकसमेत रहेका उनी अन्तर्वार्ता दिनेलाई बोल्न मौका दिनुभन्दा आफ्नो आग्रह लाद्ने स्वभावका पत्रकार हुन. ।

गोस्वामीले गत सातादेखि रिपब्लिक टिभीमार्फत् नेपाल, नेपालको नयाँ नक्सा र नेपाली जनताप्रति नराम्रो टिप्पणी गरिरहेका छन् । साथै उनले केही समयअघि बान्द्राको रेल्वे स्टेशन क्षेत्रमा जम्मा भएका सुकुम्बासीहरुलाई ‘भाडाका टट्टुहरुको भेला’ को उपमा दिएका थिए । मुम्बईमा १ करोड २९ लाख ७१ हजार अर्थात मुस्लिम आवादी ११.५४ प्रतिशत छ ।

पत्रकार अर्नब गोस्वामी

प्रहरीले First Information Report (FIR)को आधारमा पछिल्लो मुद्दा गोस्वामीले मुम्बई शहरका लाखौं सुकुम्बासीबिरुद्ध बारम्बार प्रयोग गरेको तुच्छ र निकृष्ट भाषालाई लिएर दर्ता गर्न लागिएको थियो । प्रहरीले आफूलाई समात्ने देखेपछि उनी दिल्लीस्थित सर्वोच्च अदालत धाएका थिए तर,अदालतले लकडाउनको अवधिमा भिडियो कन्फ्रेन्सबिधिमार्फत गोस्वामीलाई सबक सिकाउँदै उनको अपिल खारेज गरिदिएको हो ।

टेलिभिजनबाट मनपरी बोल्ने गोस्वामीको मुद्दामा न्यायाधीश डी.आई.चन्द्रचुड र एम.आर.साहको संयुक्त इजलासले ‘प्रेस स्वतन्त्रता भनेको जथाभावी बोल्नु र लेख्नु कदापि होइन’ भन्दै ५६ पृष्ठ लामो फैसला सुनाएको छ । जसमा भनिएको छ ‘अभिव्यक्ति स्वतन्त्रता भनेको निरपेक्ष हुँदैन । पत्रकारलाई प्रेस स्वतन्त्रताको आडमा सँधै मनपरी बोल्ने छुट पनि छैन ।’

उनी भारतीय जनता पार्टीका कार्यकर्ता हुन् । यसअघि गोस्वामीले भारतीय राष्ट्रिय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी बिरुद्ध पनि विषवमन गरेका थिए । पालगार भन्ने स्थानमा भएको एउटा सामुहिक संहारको घटनामा विना प्रमाण सोनिया गान्धीलाई मुछेपछि थप तारो बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *