उपचारका लागि भारत गएका थिए, फर्किँदा कोरोना संक्रमित

काठमाडौं । उपचारका लागि भारत गएर फर्किएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज (शुक्रबार) थपिएका ३० संक्रमितमध्ये चितवनका २ संक्रमित भारतमा उपचार गर्न गएको र फर्किँदा संक्रमित भएको खुलेको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर ६ केसरबाघ निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको हो । उनीहरु श्रीमान–श्रीमती भएको हुन् ।

उनीहरु जेठ ३ गते भारतको इन्दिरा गान्धी क्यान्सर अस्पतालमा उपचार गरेर फर्किएका थिए । लकडाउनका कारण एम्बुलेन्सबाटै भारतदेखि चितवन आइपुगेका उनीहरुलाई स्थानीयले सुरक्षित साथ होम क्वारेन्टाइनमा राखेका थिए ।

बुबाआमासहित भारतबाटसँगै आएका उनीहरुका छोराको रिपोर्ट भने नेगेटिभ आएको छ । अहिले संक्रमित दुवैलाई उपचारका लागि भरतपुरको कोरोना अस्पताल लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *