प्रदेश ५ का सांसद लगायत ११ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

रुपन्देही । प्रदेश नम्बर ५ मा कोरोना भाइरस (कोभिड १९) को आरडीटी परीक्षण गरिएका मध्ये ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश नंं ५ को बजेट अधिवेशनमा सहभागी हुने सांसद, सुरक्षाकर्मी, सचिवालयका कर्मचारी तथा पत्रकारहरुको आज आरडिटी परीक्षण गरिएको छ ।

संसद बैठक हुनुपूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित सांसदहरुको कोरोना परीक्षण गरिएको थियो । कर्मचारी, सुरक्षाकर्मी र संसदमा रिपोटिङ गर्ने पत्रकारहको पनि आरडिटी परीक्षण गरिएको थियो ।

बिहीबार ३ सय ९८ जनाको परीक्षण गरिएकोमा सांसद र सुरक्षाकर्मी गरी ११ जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । जसमध्ये सभासद २ जना, चालक २ जना र अन्य कर्मचारी रहेका छन् ।

४० जना पत्रकारको पनि आरडीटी परीक्षण गरिएकोमा उनीहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।

भोलिदेखि प्रदेशसभाको बैठक बस्ने भएकाले कोरोना परीक्षण गरिएको थियो । अव पोजेटिभ रिपोर्ट आएकाहरु भने होम क्वारेटाईनमा बस्नुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *