सनराइज बैंकद्वारा चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई पीपीई सहयोग

काठमाडौं । सनराइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सहयोग गरेको छ ।

बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले २० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ चितवन मेडिकल कलेजका सम्पर्क अधिकारी बिमल ज्ञवालीलाई हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी जेष्ठ ०७, बुधबार बैंकले महाभारत गाउँपालिकालाई १० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ र एक हजार थान मास्क हस्तान्तरण गरेकोे थियो । उक्त सामाग्री बैंकका महाभारत शाखा अधिकृत राजकुमार थापाले गाउँपालिकाका मेयर हरि सिंह बिष्टलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा सिमित स्रोत साधनका साथ अस्पतालका डाक्टर र नर्सहरुले संक्रमण नियन्त्रणका लागि खेलेको भूमिका अतुलनीय रहेको बताए । यस सहयोगले अस्पतालका स्वास्थ्यकर्मीहरुको सुरक्षामा सहयोग पुग्ने बैंकको बिश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *