‘पाताल लोक’ मा त्यस्तो के छ ?, जसले नेपाली जगतमा अनुष्कालाई विवादित बनायो !

काठमाडौं । अनुष्का शर्माद्वारा निर्मित वेब सिरिज ‘पाताल लोक’ नेपाली जगतमा विवादित बनेको छ । सो वेब सिरिजमा नेपाली महिलाको अपमान भएको भन्दै कानुनी पत्र (लिगल नोटिस) समेत पठाइएको छ । जुमटिभी इन्टरटेन्टमेन्टका अनुसार कुनै निश्चित समुदायमाथि प्रयोग गरिएको गालीकै कारण गत सोमबार अनुष्कालाई कानुनी पत्र पठाइएको हो ।

कोभिड–१९ को संकटबीच निःशुल्क कानुनी सल्लाह प्रदान गर्न गठन गरिएको लयर्स गिल्डका सदस्य विरेन श्री गुरुङले अनुष्कालाई उक्त नोटिस पठाएका हुन् । सिरिजको दोस्रो एपिसोडमा प्रयोग गरिएको ‘नेपाली रण्..’ शब्दले पूरा नेपाली समुदायको अपमान गर्ने गुरुङकाे भनाइ छ ।

एक भिडियो क्लिपमा सोधपुछका क्रममा महिला पुलिस अधिकारीले नेपाली पात्रमाथि जातीवादी गाली गरेकाे र अनुष्का उक्त सिरियलकी निर्माता भएका कारण उनलाई नोटिस पठाइएको गुरूङले बताएका छन् । नायिकाको तर्फबाट भने हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।

गोरखा समाजले पनि यो सिरिजको डायलगमा आपत्ति जनाउँदै उक्त शब्द हटाउन माग गरेको बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *