कृषिको सुधारका लागि उपयुक्त समय हो : कृषिमन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको सुधार र विकासका लागि अहिले उपयुक्त समय भएको बताएका छन् ।

राष्ट्रियसभामा बीउबिजन दोस्रो संशोधन विधेयक–२०७५ माथिको छलफलमा मन्त्री भुसालले सङ्घीयताको कार्यान्वयन गर्ने र कानून बनाउने समय भएकाले अहिले उपयुक्त समय भएको उनको भनाइ थियो ।

यस क्षेत्रमा तीन सरकारको फरक फरक भूमिका कानूनमार्फत निर्धारण गर्न सकिने उनले बताए। संविधानअनुसार कृषि क्षेत्रको पनि पुनः संरचना गर्ने समय आएको उनको भनाइ थियो ।

अब प्रदेश र स्थानीय सरकारले नै रैथाने बीउ र बालीको सूचीकृत गर्न सक्ने उनले बताए। नेपाल सरकारले नियमन गर्ने, प्रदेश र स्थानीय सरकारले लागू गर्ने गरी विधेयक ल्याइएको मन्त्री भुसालको भनाइ थियो । कृषि क्षेत्र बजारलाई छोडिदिँदा झनै कमजोर भएको उहाँले औँल्याए । उनले भने, “तीन तहको सरकारले मिलेर यसलाई व्यवस्थित गर्न सकिन्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *