१४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा युवक पक्राउ
२०८३ साउन ५ गते

कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका–३ कटानपुर बस्ने २१ वर्षीय राहुल चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राहुलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
२०८३ साउन ५ गते
प्रतिक्रिया
सम्बन्धित








