कोरोना संक्रमित र मृतकको विवरण सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयलाई आदेश

काठमाडौं । कोराना भाइरस (कोभिड १९) संक्रमण भएका र संक्रमणबाट मृत्यु भएकाको विवरण स्पष्टरुपमा सार्वजनिक गर्न राष्ट्रिय सूचना आयोगले स्वास्थ्य मन्त्रालयलाई आदेश दिएको छ ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै संक्रमित तथा मृतकको ठेगाना स्पष्ट हुने गरी उल्लेख नहुँदा नागरिकमा भ्रम सिर्जना भएकोले विवरण स्पष्ट खुल्नेगरी सार्वजनिक गर्न मन्त्रालयलाई आदेश दिएको हो।

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘स्थायी ठेगाना र अहिले बसोबास गरिरहेको स्थान वा संक्रमण हुदाँको स्थान फरक फरक हुन सक्दछ र एउटा मात्र स्थानका बारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्योलता भएको पाइएको छ, सूचनामा थप स्पष्ट गराई सर्वसाधारणमा भएको अन्यौल हटाउन आवश्यक देखिन्छ।’

आयोगले सूचनाको हकसम्बन्धी ऐनको दफा १९ को खण्ड (ङ) बमोजिम मन्त्रालयलको सचिवालयलाई आदेश दिएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा २८ ले सार्वजनिक निकायले आफूसमक्ष रहेका व्यक्तिगत प्रकृतिका सूचनाहरू अनाधिकृत प्रकाशन र प्रसारण नहुने गरी संरक्षण गरिराख्नु पर्नेछ भन्ने व्यवस्था गरेको तर्फ ध्यानाकर्षण गराउदछौँ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *