स्वास्थ्यसेवा विभागमा कार्यरत डाक्टरलाई पनि कोरोना संक्रमण

काठमाडौं । नेपालमै पहिलोपटक स्वास्थ्यसेवा विभागमा कार्यरत डाक्टरमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । मंगलबार उपत्यकामा देखिएका ५ संक्रमितमध्ये एक जना स्वास्थ्य सेवा विभागमा कार्यरत करारका डाक्टर भएको बताइएको छ।

मंगलबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ५ जनामा कोरोना पोजिटिभ देखिएको हो। ललितपुरमा देखिएका कोरोना संक्रमित स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखामा कार्यरत जनस्वास्थ्य डाक्टर रहेको बताइएको छ ।

ललितपुरमा १, भक्तपुरमा १ र काठमाडौंमा ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा डाक्टरमा पहिलोपटक कोरोना संक्रमण देखिएको हो । यसअघि धनकुटामा, वीरगञ्ज र तौलिहवा अस्पतालमा कार्यत एक नर्स गरी तीन जना नर्समा कोरोना संक्रमण देखिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *