अमेरिकाको मोडर्ना कम्पनीले तयार गरेकाे भ्याक्सिनले कोरोना विरुद्ध काम गरेकाे दावि

एजेन्सी । काेराेना भाइरसकाे महामारीका विरूद्ध विश्व लडिरहेकाे बेला खुसीकाे खबर आएकाे छ । अमेरिकाको म्यासाचुसेट्सको क्याम्ब्रिजमा रहेको मोडर्ना कम्पनीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन पहिलो पटक मानिसमा परीक्षण गर्दा सकारात्मक प्रभाव देखिएको जनाएपछि विश्वमा उक्त भ्याक्सिनकाे चर्चा भइरहेकाे छ । क्याम्ब्रिज स्थित उक्त कम्पनी मोडर्नाले एक विज्ञप्ति निकालेर परीक्षणका क्रममा खोपले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गरेको पाइएको जनाएको छ ।

न्युयोर्क टाइम्सका अनुसार पहिलो चरणमा ८ जना व्यक्तिमा परीक्षण गरिएको थियो । ती आठ जनामा दुई पटकसम्म भ्याक्सिन लगाइएको छ । कम्पनीले परीक्षणका क्रममा खोप सुरक्षित र प्रतिरोधात्मक क्षमता बढाउन सफल भएको दावी गरिएको छ । कम्पनीले मार्चदेखि मानिसमा परीक्षण सुरु गरेको थियो ।

खोप लगाइएका मानिसको रगतमा कोरोना भाइरस फैलिनबाट रोक्ने एन्टिबडी फेला परेको कम्पनीका वैज्ञानिकहरुले बताएका छन् । कम्पनीले चाँडो नै दोस्रो चरणको परीक्षण सुरु गर्ने जनाएको छ । दोस्रोमा ६ सय र तेस्रोमा एक हजार जनामा परीक्षण गर्ने तयारी गरिएको छ ।

अमेरिकी सरकारका निकायले कम्पनीलाई थप परीक्षणका लागि अनुमति पनि दिइसकेका छन् । सन् २०२१ को सुरुवातदेखि नै आम मानिसमा भ्याक्सिन उपलब्ध हुने कम्पनीले जनाएको छ । यो विज्ञप्ति जारी गरेपछि मोडर्ना कम्पनीको सेयर मूल्य आकाशिएको छ ।

यदी याे अमेरिकन कम्पनीले तयार पारेकाे भ्याक्सिनले काम गरे काेराेना भाइरसबाट विश्वलाइ चाँडै नै मुक्त गर्न सकिने बैज्ञानिकहरूले बताएका छन् । त्यसाे त विश्वका ९५ वटा कम्पनीहरूले काेराेनाकाे भ्याक्सिन परीक्षण गर्दै आइरहेका छन् । तर, कसैले आशातित सफलता प्राप्त गरेका थिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *