यसअघि मैले ‘ओम्नि’ भनेको सुनेको पनि थिइन: प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक विषयमा भ्रष्टाचार देख्नु राम्रो नभएको बताएका छन्। प्रमाणविना हरेकलाई भ्रष्टचारि देख्नु भ्रष्टाचार विरुद्धको स्वस्थ स्थिति नभएको बताए। यद्यपि उनले भ्रष्टाचार भएको प्रमाणित भए जो कोहीलाई कारबाही गरिने बताए।

उनले भनेका छन्, भ्रष्टाचार विरोधी हाम्रो अभियान भनेको दोषीलाई दोषी र निर्दोषीलाई निर्दोष करार गर्ने हो। हरेकलाई भ्रष्टाचार मात्र देख्ने हरेकलाई भ्रष्टाचारिमात्र देख्ने, निराधार त्यस प्रकारका कुरा गर्ने, त्यसको जबाफदेही पनि लिन नपर्ने, त्यस्तो स्थिति भनेको भ्रष्टाचार विरुद्धको स्वास्थ्य स्थिति होइन।

स्वास्थ्य सामग्री खरिदको विषयमा लक्षित गर्दै उनले अहिलेको विशेष परिस्थितिमा सम्बन्धी न मन्त्रालयको सम्बन्धित विभाग प्रमुखलाई छोटो प्रक्रियामार्फत खरिद प्रक्रिया अगाडि बढाउने अधिकार रहेको बताए। यदि त्यसमा भ्रष्टाचार र अनियमितता भएको भए छानबिन गरी कारबाही गरिने बताए।

तर हरेक कुरामा भ्रष्टाचार देख्नु राम्रो नभएको उनले बताए। उनले भने, हरेक कुरामा भ्रष्टाचार देख्नु, अप्रमाणीक ढङ्गले र जो मन परेको छैन त्यससँग लगेर त्यसलाई जोड्दिनु। यो स्वस्थ तरिका होइन। यो भ्रष्टाचार विरोधी भावना र अभियान पनि हुन सक्दैन।

उनले बालुवाटारलाई ओम्नी ग्रुपसँग जोडिएको विषयमा आपत्ति जनाउँदै भने, ओम्नी भनेको मैले सुनेको पनि थिइन्। मेरो विषय व्यापार व्यवसायको विषय पनि होइन। मेरो विषय राजनीति हो। व्यापार व्यवसायमा रुचि पनि राख्दिन। त्यसमा म डिल पनि गर्दिन। सरोकार पनि हुँदैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *