शरिर सिथिल बनाउँछ, खुट्टाको औँलामा पनि देखिन्छ कोरोना लक्षण

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको औषधि अहिलेसम्म बन्न सकेको छैन । तर कोरोनाका लक्षण भने फरक-फरक रुपमा देखिन थालेका छन् ।

विशेषतः जब ज्वरो, रुघाखोकीसँगै स्वासप्रश्वासमा अप्ठ्यारो भएपछि कोरोना संक्रमणको लक्षण हुनसक्छ । यसका साथै कोरोनाले शरिरलाई सिथिल बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता घटाउँछ । शरिरका विभिन्न अंगलाई असर पु-याएको हुन्छ ।

कोरोनाले प्रायः सबै अंगहरु निस्क्रिय बन्न पुग्छन् । चिकित्सकहरुका अनुसार केही बिरामीमा खुट्टाको औँला सुन्हिने समस्या पनि देखापर्ने गरेको छ । कतिपय बिरामीमा भने संक्रमित भए पनि लक्षण देखिँदैन ।

गत साता भारतको पब्लिक हेल्थ फाउन्डेशनका अध्यक्ष के श्रीनाथ रेड्डीले शरिरका विभिन्न अंगमा क्षति पुग्नुमा महामारी अप्रत्याशित हुनु एक कारण भएको बताएका थिए ।

केही अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका लेख अनुसार छालामा पनि यसले प्रत्यक्ष असर देखाउने गरेको छ । ‘ब्रिटिश जर्नल अफ डर्मेटोलोजी’मा प्रकाशित लेखले छालामा कोभिड १९ को असर बारे व्याख्या गरेको थियो । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *