दिवेश पोखरेल पुगे अमेरिकन आइडलको टप ५ मा, उपाधिका लागि भोटिङ जारी

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् । पोखरेल टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुला भएको छ ।

दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्दैद्धन् । यो राउन्डमा प्रत्येक प्रतियोगीले दुई-दुई वटा प्रस्तुति दिनेछन् । फाइनल राउण्ड पनि सुरु भइसकेको छ ।

प्रस्तुतिसँगै दुई घन्टासम्म भोटिङ खुल्ला राखिएको छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ । कोरोना महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ-आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् ।

दुई नेपाली एल्बम निकालेका दिवेश सन् २०१४ मा अमेरिका पुगेका थिए । ‘आर्थन गन’ उनको स्टेज नेम हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *