‘दाेस्राे काेराेना संक्रमित मृतकमा एक्कासी झाडापखाला र ज्वरो देखिएको थियो’

काठमाडौं । क्वारेन्टाइनमा बसेका बाँकेको नरैनापुर ५ बाँकेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

वैशाख ३० गते भारतबाट आएका ती युवालाई गएराति एक्कासी स्वास्थ्यमा समस्या देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार संक्रमित युवामा गएराति ज्वरो, झाडापखाला लगायतका समस्या देखिन थालेको थियो ।

उनको आज बिहान ६ बजेर ४० मिनेटमा क्वारेन्टाइनमा मृत्यु भएको हो । उनको स्वाब लिइएको थियो । स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *