नेपालमा २८१ जनामा काेराेना पुष्टि, धनुषामा थपिए २ संक्रमित !

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ । आज (शनिबार) साँझ थप २ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि निको भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *