धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको शव दाहसंस्कारका लागि पशुपति आर्यघाट ल्याइयो

काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको शव दाहसंस्कारका लागि पशुपति आर्यघाट ल्याइएको छ।
नेपाल प्रहरी र सेनाको टोलीले मृतकको शव पशुपति आर्यघाट ल्याएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख रविकुमार पौडेलले बताए ।

उनका अनुसार मृतकको शवलाई शवबहानमा राखेर सेना र प्रहरीले स्कर्टिङ गरेर लगेको हो ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चेकी २९ वर्षीय ती महिलामा कोरोनाको आशंका गरिएको छ।

उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेल अस्तपाल ल्याइएको थियो। तर अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले प्रेस ब्रिफिङमा जनाएको छ।

मन्त्रालयबाट भने आधिकारिक जानकारी दिएको छैन।

महिलाले गत वैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा बच्चा जन्माएकी थिइन् । २५ गते अस्पतालले डिस्चार्च गरेपछि उनी राम्चे घर फर्किएकी थिइन्।

उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि धुलिखेल अस्तपाल लगिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *