धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु, आरडीटी पोजेटिभ देखिएको थियो

काठमाडौं। काभ्रेको धुलिखेल अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ। स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको मृत्यु भएको हो।

नौं दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ती महिला सुत्केरी भएकी थिइन्। त्यसपछि घर लगिएकी उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो। उनमा कोरोना भाइरस (कोभिड-१९) परीक्षणका क्रममा आरडीटी पोजेटिभ देखिएको थियो। अस्पतालका अनुसार ती महिलामा कोरोना पोजेटिभ भए/नभएको यकिन भएको छैन।

उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ। काभ्रेका जनस्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाका अनुसार ती महिलाको रिपोर्ट आउन बाँकी रहेको छ। धुलिखेल अस्पतालले मृत्युबारे स्वास्थ्य मन्त्रालयमा जानकारी गराइसकेको जनाएको छ। सुत्केरी महिलाको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पतालमा सतर्कता अपनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *