काेराेना महामारीका बेला बैंकमा जानुअघि यी ८ कुरामा ध्यान दिनुहोस !

काठमाडाैं । कोरोना भाइरसका कारण हामी हरेका ठाँउमा सजग हुनुपर्ने अवस्था छ । खासगरी यतिबेला बैंक तथा वित्तीय क्षेत्रमा काराेबार गर्न जाँदा निक्कै ध्यान पुर्रयाउनु पर्ने देखिएकाे छ ।

राजधानीमा कमै मात्रामा बैंकका शाखाहरू निश्चित समयका लागि खाेलिएका छन् । यसमा अत्याधिक मात्रामा सेवाग्राहीकाे भीड हुने गरेकाे छ । मान्छेकाे भिडभाडमा काेराेना संक्रमणकाे जाेखिम हुन्छ । यस्ताे अवस्थामा हामीले बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्दा थाेरै मात्र भएपनि सतर्कता अपनाएर सुरक्षित रहन सक्छाैं ।

 

 

बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्दा ध्यान दिनुपर्ने कुरा

-बैंकको ढोका सकभर आफैं नखोल्नु होस, (गार्ड दाईलाई भन्नुहोस) खोल्नै परे ढोकाको नयाँ ठाँउमा (हेन्डल बाहेक अन्य ठाँउमा) समाएर ठेल्नुहोस् वा तान्नुहोस।
-बैंकमा राखिएको सेनिटाईजर हातका औँला, हत्केलामा मात्र होइन नाडी सम्म प्रयोग गर्नुहोस।

-यदि बैंकमा भिड देख्नु भयो भने, फरक्क फर्कनु होस । खाली भएपछि मात्र बैंक भित्र छिर्नुहोस।
-पालो छिट्टै आउँदैछ भने सकभर छुट्टै उभिनु होस, बैंकको बेन्च प्रयोग नगर्नुहोस, गर्नै परेमा फराकिलो ग्यापमा बस्नु होस ।
-बस्दै गर्दा हातले बेन्चको हेन्डल नछुनुहोस। बैंकका हरेक कुरा छुनुभन्दा पैला कोरोना हुन सक्छ भन्ने कुरा ध्यानमा राखी सावधानी अपनाउनुहोला ।

-सकभर चेक घरमै भरेर ल्याउनुहोस । बैंकको भौचर डेक्सको प्रयोग नगर्नु होस । गर्नै परे सावधानी अपनाउनु होस । प्रयोगपछि आफ्नो पालो कुर्ने बेलासम्म खल्तिमा चेक राख्ने, हातले आँखा मिच्ने, जस्ता काम नगर्नुहोस।

-क्यासीयर लाई चेक दिनु भन्दा पहिला चेकको पछाडि क्यासीयरले देख्ने गरि दुईवटा सहि र मोबाईल नम्बर लेखेर दिनुहोस । सकभर लेख्दा आफ्नै कलमको प्रयोग गर्नुहोस । काउण्टर डेस्कलाई नछोई उभिनु होस।

-क्यासीयरले पैसा गनेको हेर्नुहोस, सकभर उसैसँग मनमनै गन्नुहोस । मेसिनमा गनेको पैसाको संख्या डीस्प्लेमा हेर्नुहोस, पैसा नगनी लैजानु भन्दा साबधानी अपनाउनुहोस।

– बैंकबाट जानु भन्दा पहिला फेरी सेनिटाईजर प्रयोग गर्नुहोस, ढोका आँफै नखोल्नु होस । पैसासँगै कोरोना आएको हुन सक्छ, सावधान रहनुहोस।

-भौचर डेक्समा जानुहोस, सकभर आफ्नै कलमको प्रयोग गरि पुर्ण सावधानका साथ भर्नुहोस । तपाईँ दैनिक जसो बैंकमा जानुहुन्छ भने अलिकति भौचर मागेर लैजानुस। घरमै वा अफिसमै भरेर ल्याउनुहोस। त्यसो गर्दा अर्को पटक सबैले प्रयोग गरिरहेको भौचर डेक्स प्रयोग गरिरहनु पर्दैन।

-सकभर बैंकबाट फिर्ता पैसा लिनु नपर्ने गरि पैसा जम्मा गर्नुहोस।

-काउण्टर डेस्कलाई नछोई उभिनुहोस।

-आफ्नै खातामा रकम जम्मा गर्दैहुनुहुन्छ (र भाैचर लगेर फ्याँक्नुहुन्छ) भने भाैचर नलिनुहोस र मोबाईलमा मेसेज हेरेर ठिक रकम जम्मा भए नभएको यकिन गर्नुहाेस । यदि संस्था वा अन्य व्यक्तिको खातामा रकम जम्मा गर्दैहुनुहुन्छ भने भाैचर लिँदा साबधान रहनुहोस ।

-बैंकबाट जानु भन्दा पहिला फेरी सेनिटाईजर प्रयोग गर्नुहोस, ढोका आँफै नखोल्नु होस । भौचरसँगै कोरोना आएको त छैन, साबधान रहनुहोस ।

यस्ताे बेला सकभर डिजिटल कारोबार गर्दा काेराेना भाइरसकाे संक्रमणबाट बढि सुरक्षित भइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *